images
images

चिसो मौसममा बच्चाहरुमा देखिने भाइरल फिबर

  • १६ पुष २०८०, सोमबार १०:०४
images

भाइरल फिबर एक गम्भीर सङ्क्रमण हो । मानिसमा देखिने अधिकांश भाइरल फिबर ‘सिजनल फ्लु’ अथवा ‘इन्प्लुफन्जा फ्लु’ हो । भाइरल फिबरको सङ्क्रमण सबैभन्दा बढी र छिटो बच्चाहरुमा हुन्छ ।

भाइरल फिबर मौसम परिवर्तनको समयमा बढी देखिन्छ । मौसम परिवर्तनको समयमा मानिसको रोग प्रतिरोधात्मक प्रतिक्रिया (इम्युन रेस्पोन्स) मा कमी आउने गर्दछ । बच्चाहरुमा भाइरल फिबरको सङ्क्रमण करीब सातदेखि दश दिनसम्म रहन सक्छ ।

बच्चाहरुमा भाइरल ज्वरो को लक्षण के हो?
बालबालिकाले आफ्नो शरीरको आन्तरिक समस्याबारे धेरै बताउन सक्दैनन्, त्यसैले लक्षणका आधारमा उपचार गरिन्छ । बच्चाहरु ज्वरोका लक्षणहरु यस्ताे छ ।
चिडचिडा हुनु
शान्त रहनु
शरीरको तापमान बढ्नु
खान मन नलाग्नु
धेरै रूनु
अल्छी हुन
आँखा रातो हुनु
सास बढ्नु
बान्ता हुनु
खाने र सुत्ने बानीमा परिवर्तन हुनु

यस बिषयमा हामिले बाल रोग विशेषज्ञ डा. सगुन थापासंग गरेकाे कुराकानीकाे भिडियाे हेर्नुहाेस ।