images
images

कलेजोको सफल प्रत्यारोपण गर्ने नेपाली चिकित्सक टिमलाई अध्यक्ष ओलीकाे बधाई

  • १८ माघ २०८०, बिहीबार १७:२७
images

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कलेजोको सफल प्रत्यारोपण गर्ने नेपाली चिकित्सक टिमलाई बधाई दिएका छन ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा नेपाली चिकित्सकको टोलीले पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने सफलता पाएको हो ।

“आठ वर्ष अगाडि नेपालमै कलेजो प्रत्यारोपण सुरु भए पनि प्रत्यारोपणको लागि विदेशी डाक्टर आउनु पर्ने बाध्यता थियो, कलेजो प्रत्यारोपणको नेतृत्व गर्नुहुने प्राध्यापक डा। रमेशसिंह भण्डारीलाई आज बिहान फोन गरेर बधाई दिएँ”, सामाजिक सञ्जाल फेसबुकमा ओलीले लेखेका छन ।