रगत जीवित प्राणीहरूको शरीरमा पाइने तरल पदार्थ हो जसले शरीरका कोषहरूलाई पोषक तत्व र अक्सिजन जस्ता आवश्यक पदार्थहरू आपूर्ति गर्दछ। यो प्लाज्मा र रक्त कोशिकाहरूको मिश्रणबाट बनेको हुन्छ।
धमनी नली र शिराहरुको माध्यमले शरीरमा रगत संचार हुन्छ । विशेषगरी धमनीको नलीबाट शुद्ध रगत विभिन्न अंगहरूमा प्रवाहित हुन्छ भने शिरा नलीबाट अशुद्ध रगत शरीरमा प्रवाह हुन्छ। मानिसको शरीरमा औसत ७.५ लिटर रगत हुन्छ ।
हेमाटोलोजी भनेकाे के हाे ?
रगत र रक्तनलीको अध्ययनलाई हेमाटोलोजी भनिन्छ। सामान्यतया रगतको अध्ययन गर्ने चिकित्सक वा वैज्ञानिकहरू हेमाटोलोजिस्टका रूपमा चिनिन्छन् । यसले रक्त स्वास्थ्य र रक्त विकारहरूमा ध्यान केन्द्रित गर्दछ। रगत सेतो रक्त कोशिका (WBC), रातो रक्त कोशिका (RBC) र प्लेटलेटहरू मिलेर बनेको हुन्छ। शरीरका अन्य भागहरूमा रगत ढुवानी गर्न मद्दत गर्ने केही अंगहरूमा रक्त नलीहरू, लिम्फ नोडहरू, आदि समावेश छन्।
जब रगत विकारको कारण एक व्यक्तिको रगत बाक्लो हुन्छ, बाक्लो (अधिक टाँसिएको) रगतलाई साना रक्त नलीहरूबाट गुज्रन गाह्रो हुन सक्छ, जसले गर्दा शरीरको केही भागहरूमा रक्त प्रवाह कम हुन्छ । यसकाे कारण समस्याहरू सुरू हुन्छन ।
यहाँ हामी रक्त रोग सम्वन्धी विकारहरूकाे बारेमा संक्षिप्त चर्चा र यसका निधान गर्न विज्ञसंग प्रश्न पनि साेधेका छाै ।
यस बिषयमा हामीले यस बिषयमा कंसल्टेंट हेमाटोलोजिस्ट डा. निरज कुमार सिंह संग गरिएकाे कुराकानी तल भिडियाेमा हेर्न सक्नु हुन्छ ।