रौतहट । रौतहटमा नेपाली सेनाले बृहत निःशुल्क स्वास्थ शिविर सञ्चालन गरेको छ।
नेपाली सेना मध्यपूर्वि पृतनाको मार्ग निर्देशन, २८ नम्बर बाहिनी अड्डाको पहल, वीरदल गण र गढिमाई नगरपालिकाको सहकार्यमा वडा नम्बर १ समनपुररको शंकर गुदर माविको प्राङ्गणमा बृहत् निःशुल्क स्वास्थ शिविर सञ्चालन गरिएको हो।
स्वास्थ्य शिविरमा करिब २५ सयदेखि तीन हजार बिरामीले स्वास्थ्य लाभ लिने लक्ष्य राखिएको वीरदल गणका गणपति कर्णेल गंगाबहादुर विष्टले बताए।
तीन हजार बिरामीको लक्ष्यसहित रौतहटको गढीमाई नगरपालिकास्थित नेपाली सेनाले जानकारी दिएकाे छ।
२४ जना डाक्टरको टोलीले शिविरमा उपचार गरिरहेका छन्। अहिलेसम्म १५ सय बिरामीको उपचार भइसकेको कर्णेल विष्टले जानकारी दिएका छन्।