images
images

सरकारी अस्पतालमा पालो कुर्नुपर्ने समस्या समाधानका लागि समिति गठन

  • १९ जेष्ठ २०८१, शनिबार २०:५९
images

काठमाडौँ । सरकारी अस्पतालमा पालो कुर्नुपर्ने समस्या समाधानका लागि समिति गठन गरिएकाे छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले पालो कुर्नुपर्ने समस्या समाधानका लागि एउटा विशेष समिति गठन गर्नुभएको छ ।

मन्त्री यादवले मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा दीपेन्द्ररमण सिंहको संयोजकत्वमा समस्याको अध्ययन गर्दै समाधान र सुझावसहितको प्रतिवेदन प्रस्तुत गर्न तीन सदस्यीय समिति गठन गर्नुभएको हो ।

समितिले पहिलो चरणमा काठमाडौँ उपत्यकाभित्रका सङ्घीय अस्पतालहरूको अनुगमन गर्नेछ ।

मन्त्री यादवले समितिलाई दुई साताभित्र विस्तृत विवरणसहितको प्रतिवेदन प्रस्तुत गर्न निर्देशन दिनुभएकाे छ ।