
काठमाडौं । शास्त्रीय संगीतकार एवं गायक गुरुदेव कामतको निधन भएको छ।
पारिवारिक स्रोतका अनुसार आज (बिहीबार) बिहान ७:३० बजे आफ्नै जन्मथलो सिराहाको लक्षम्पीर पतारी गाउँपालिका-२ पोखरभिण्डामा उनको मृत्यु भएको हो।
कामत मिर्गौला रोगबाट पीडित थिए।
पछिल्लाे ४० वर्षदेखि नेपाली संगीतमा याेगदान दिँदै आएका कामतकाे जन्म विसं २०१२ साउन १७ गते भएकाे थियाे।