images
images

कोशी अस्पतालबाट जबरजस्ती करणी मुद्दाका कैदी फरार

  • १७ श्रावण २०८१, बिहीबार ११:२४
images

मोरङ । विराटनगरस्थित कोशी अस्पतालबाट एक कैदी फरार भएका छन्।

जबरजस्ती करणीको मुद्दा खेपिरहेका कैदी २४ वर्षीय मोहम्मद अहमद उपचारका क्रममा कोशी अस्पतालबाट फरार भएका हुन्।

प्रहरीका अनुसार अहमदलाई पेट दुखेपछि मंगलबार उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो।

शौचालय जाने बहाना गरी सुरक्षा घेरा तोडेर अस्पतालबाट फरार भएका हुन्।

मोरङ प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक ज्ञानेन्द्र बस्नेतका अनुसार प्रहरीलाई झुक्याएर फरार भएका कैदीको खोजीका लागि सीमाक्षेत्रमा समेत निगरानी बढाइएको छ।