काठमाडौं । नेपाल ल्याब हाउसले छाती तथा मुटुरोग केन्द्र ‘कार्डियो– पल्मोनरी सेन्टर’ सञ्चालनमा ल्याएको छ ।
यो सेवा सोमबारबाट औपचारिक उद्घाटन गरि सुरु गरिएको हो । वरिष्ठ छाती रोग विशेषज्ञ प्रा. डा. सुबोध सागर ढकाल, वरिष्ठ मुटु रोग विशेषज्ञ डा. कमल शर्मा लम्साल र नेपाल ल्याब हाउस प्रहेलिका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रा. डा. विदुर प्रसाद वस्तीले संयुक्त रूपमा यस सेवाको उद्घाटन गरेका हुन् ।
प्रा.डा. सुबोध ढकालका अनुसार यस सेन्टर स्थापना संगै बिरामीहरूले सर्वसुलभ तरिकाबाट मुटुको र छातीसँग सम्बन्धित रोगहरूको एकीकृत परामर्श सेवा पाउने भएका छन् ।
साथै निन्द्राको बेलामा बढी घुर्ने तथा अन्य समस्याहरूको लागी थेरापीको पनि व्यवस्था गरिएको छ ।
यो सेवा साताको ६ दिन नै उपलब्ध गराउने र आवश्यकता अनुसार विस्तार गर्दैं लैजाने योजना रहेका ल्याब हाउसका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रा. डा. विदुर प्रसाद वस्तीले जानकारी दिए ।