मह मिठासको प्राकृतिक स्रोत हो । यसको प्रयोगले चिनीबाट हुने हानिबाट बच्न सकिन्छ।
धेरै मानिसहरूले आफ्नो दिनको सुरुवात एक गिलास मनतातो पानी र महबाट गर्ने गर्छन्। स्वास्थ्य सचेत मानिसहरुको चियामा चिनीको स्थान महले लिएको छ ।
मौरीले फूलबाट मह बनाउँछ, त्यसैले यो पूर्णतया प्राकृतिक र हानिकारक रसायनबाट मुक्त हुन्छ। पौष्टिक तत्वको हिसाबले पनि महलाई एक सुपरफुड मानिन्छ । यसले प्राकृतिक एन्टिसेप्टिकको रूपमा पनि काम गर्छ। आउनुहोस् महको स्वास्थ्यमा के-के फाइदा हुन्छ जानौं।
१. मुटुको स्वास्थ्य : महमा प्रचुर मात्रामा एन्टिअक्सिडेन्टहरू जस्तै पोलिफेनोल, फ्लेभोनोइड्स र भिटामिन सी पाइन्छ। यसले रगतमा बोसोको मात्रा सुधार गर्न, रक्तचाप नियन्त्रण गर्न र मुटुको धड्कन सामान्य राख्न मद्दत गर्छ। यी सबैले मुटुको स्वास्थ्यमा राम्रो प्रभाव पार्छ। बिहान खाली पेटमा मनतातो पानीमा मह मिसाएर पिउन सक्नुहुन्छ ।
२. न्यूरोलोजिकल स्वास्थ्य: महको सेवनले न्यूरोलोजिकल स्वास्थ्यमा पनि राम्रो प्रभाव पार्छ। यो एक एन्टिअक्सिडेन्ट हो जसमा न्यूरोप्रोटेक्टिभ गुणहरू छन्। यसले एन्टीडिप्रेसेन्टको रूपमा काम गर्छ। यसले तंत्रिका तंत्रमा अक्सिडेशन रोक्न पनि मद्दत गर्दछ।
३. रुघाखोकीबाट राहत : महले रुघाखोकी जस्ता समस्यालाई स्वाभाविक रूपमा कम गर्छ । विशेष गरी साना बालबालिकामा खोकीका लागी अचुक औषधि मानिन्छ । अदुवाको रस र बेसारमा मह मिसाएर बच्चाहरूलाई दिदा खोकी निको हुन्छ । ब्रोंकाइटिसका लक्षणहरू कम गर्न यो प्रभावकारी हुन्छ।
४. घाउमा राहत: महले यसको एन्टी-इन्फ्लेमेटरी गुणका कारण चोटपटक छिटो निको पार्न मद्दत गर्छ। महले रगतको सेतो कोशिकाहरूलाई साइटोकाइनहरू निस्कन उत्प्रेरित गर्छ, जसले घाउहरू छिटो निको पार्न मद्दत गर्छ। यसले तन्तुहरू मर्मत गर्न र जलेको घाउलाई छिट्टै निको पार्न मद्दत गर्छ।
५. कपाल र छाला: मह कपाल र छालाको लागि पनि लाभदायक छ। यसले छालाको लागि प्राकृतिक मोइस्चराइजरको रूपमा काम गर्दछ र कपालको लागि प्राकृतिक कन्डिसनरको रूपमा काम गर्दछ।