images
images

छुदा पोल्ने सिस्नो पकाएर खादा हुने अपत्यारिला फाइदाहरू

  • २० चैत्र २०८०, मंगलवार १४:२१
images

सिस्नो भन्नसाथ ‘दुःखको खाना’ भन्ने सोचिन्छ। अति नै अभाव भएकाहरूले खाने खान्किको रूपमा यसकाे परिचय छ। यो देखावटी समाजमा सिस्नोको शब्द सुन्नसाथ दुःख र गरिबीसँग मजाक उडाइन्छ । तर कुनै बेला गरिबको तरकारीको रुपमा हेरिने सिस्नु अहिले पाँचतारे होटेलमा समेत पाक्ने गरेको छ । यो मिठो मात्रै होइन यो खानु स्वास्थ्यका लागि निकै नै उपयोगी पनि छ । यसको पात र जराको तरकारी रुपमा मात्रै होइन सुप, चिया, जुस, औषधि आदिका रूपमा प्रयोग हुन्छ । सिस्नोमा क्याल्सियम, प्रोटिन, भिटामिन सी, फ्याट, कार्बोहाइड्रेट, फाइवर, फस्फोरस र आइरनजस्ता तत्त्व पाइन्छन् । यही तथ्य बुझेर होला पछिल्लो समय सिस्नो धनीहरूको भान्सामा पनि पर्न थालेको छ । साना रेष्टुराँदेखि पाँचतारे होटलसम्म यसका परिकार अहिले बन्ने गर्छन् ।
हरियो पात भएका काँडे घाँसका रूपमा पनि चिनिने सिस्नु एउटा यस्तो चिज हो जसलाई हात खुट्टा वा कुनै पनि नाङ्गो शरीरले छुँदा छुँदा पोल्ने र लामो समयसम्म झमझमाउने गर्दछ । एउटा बेफाइदा भए पनि यसका धेरै फाइदा छन् ।
सिस्नो खानुका फाइदाहरू
– सिस्नोमा औषधीय गुण हुन्छ । सिस्नो पोसिलो हुनुका साथै यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्दछ ।
– सिस्नोको नियमित प्रयोगबाट मिर्गौलाको समस्या, पिसाब पोल्ने, दम, बाथ रोगमा लाभ मिल्छ तथा यसले रगतमा हेमोग्लोबिनको मात्रा बढाउने काम गर्छ ।
– शरीरका अङ्गहरूमा अनेक कारणले भएको दुखाईमा सिस्नोको सेवनले आराम दिन्छ । त्यस्तै हड्डी र जोर्नीको दुखाई तथा शरीरमा आएका बिबिराहरु हटाउनमा समेत यसको भूमिका रहन्छ ।
– महिलाहरुका लागि सिस्नो एकदमै उपायोगी हुन्छ किनभने यसमा पर्याप्त फलाम तत्त्व हुन्छ जसले रक्तअल्पता र कमजोरी हटाउन सहयोग गर्छ । यसले कलेजो र महिलाको हर्मोनको संरक्षण गर्न सहयोग पु-याउँछ ।
– कपाल झर्ने समस्याहरुमा र छालाको रोगमा समेत यो उत्तिकै उपयोगी हुन्छ । डन्डीफोरको समस्या हटाउन र टाउकोको छालामा हुने अन्य समस्या हटाउन यो वनष्पति उपयोगी छ ।
– सिस्नो गर्भवती तथा सुत्केरी महिलालाई खुवाउनु अत्यन्तै फाइदाजनक छ ।
– सिस्नोको सेवनले उच्च रक्तचापलाई नियन्त्रण गर्नमा सघाउ पुर्याउँछ । यसका साथै यो मधुमेह रोगीका लागि पनि निकै उपयोगी हुन्छ ।