images
images

सुत्केरी अवस्थामा हुने उदासिनताको समस्या के हो ?

  • २० चैत्र २०८०, मंगलवार १५:३७
images

मातृत्व संसारको सबैभन्दा ठूलो खुशी मानिन्छ। यो नयाँ जिम्मेवारीहरूको समय पनि हो, जसले धेरै प्रकारका शारीरिक र मानसिक स्वास्थ्य अवस्थाहरूमा परिवर्तन ल्याउँछ।

प्रसवको उत्साह र आनन्द देखि डर र चिन्ता सम्म, बच्चा जन्माउनु धेरै भावनात्मक चुनौतीहरूको समय हो। यही कारणले गर्दा महिलामा सुत्केरी अवस्थामा हुने उदासिनताको समस्या प्रायः देखिन्छ ।

यो अनुभव, जसलाई बेबी ब्लुज पनि भनिन्छ, यसले विभिन्न समस्याहरू निम्त्याउन सक्छ, जसमा मुड स्विङ, चिन्ता र सुत्न कठिनाइ, निद्राको कमी, र चिडचिडापन समावेश छ।

सामान्यतया, यस्ता अनुभवहरू सुत्केरी भएको पहिलो दुई-तीन दिनमा हुन थाल्छ, जबकि केही महिलाहरूमा यस्तो समस्या लामो समयसम्म रहन सक्छ, जसमा गम्भीर ध्यान दिनु आवश्यक हुन्छ। याे कमजोरी होइन, तर यो महिलाहरु मा धेरै सामान्य छ। यस अवधिमा, तिनीहरूले विशेष हेरचाह गर्न आवश्यक छ। महिलाको जीवनसँग सम्बन्धित पोस्टपार्टम डिप्रेसनको यो समस्यालाई  बुझ्न जरूरी छ।

यस विषयलाई लिएर हामिले वरिष्ठ मनोचिकित्सक डा. पवन शर्मा संग गरेकाे कुराकानीकाे भिडियाे हेर्नुहाेस ।