नेपालमा हरेक वर्ष मलेरियाका कारण केहि मानिसहरूकाे मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार मलेरियाका कारण प्रत्येक वर्ष २,०५,००० जनाको मृत्यु हुने गरेको छ ।
यो घातक रोगबाट बालबालिका बढी प्रभावित भएका छन् । विश्वभर ५ देखि १४ वर्ष उमेर समूहका ३० हजार बालबालिकाको प्रत्येक बर्ष मलेरियाबाट मृत्यु हुने गरेको छ । १५ देखि ६९ वर्ष उमेर समूहका १,२०,००० मानिस पनि यो क्रूर रोगबाट बच्न असमर्थ छन्। मलेरिया सामान्यतया संक्रमित लामखुट्टेको टोकाइबाट हुन्छ।
मलेरिया कसरी हुन्छ
मलेरिया संक्रमित लामखुट्टेमा हुने परजीवीका कारण लाग्ने रोग हो। यी कीटाणुहरू यति साना छन् कि हामीले तिनीहरूलाई देख्न सक्दैनौं। मलेरिया ज्वरो प्लाज्मोडियम भिभेक्स नामक भाइरसको कारणले हुन्छ।
यो भाइरस एनोफिलिस नामक संक्रमित पोथी लामखुट्टेको टोकाइबाट मानिसको रगतमा सर्छ। पहिले औलोबाट संक्रमित व्यक्तिलाई टोकेको लामखुट्टेले मात्र मलेरिया ज्वरो सर्न सक्छ। यो भाइरस कलेजोमा पुग्छ र यसको काममा बाधा पुर्याउँछ।
हामीले यस बिषयमा हामीले यस बिषयमा जनरल फिजिसिएन संजय कुमार शाह संग गरिएकाे कुराकानी तल भिडियाेमा हेर्न सक्नु हुन्छ ।