images
images

गर्मीमा खाली पेटमा कुन फलफूल खानु हुँदैन ?

  • २० जेष्ठ २०८१, आईतवार १८:१५
images

तपाईंले आफ्नो पहिलो खाना बिहान खाली पेटमा विचारपूर्वक लिनुपर्छ। दिनको सुरुवात स्वस्थकर खानाबाट गर्नुपर्छ भनिन्छ । यही कारणले गर्दा मानिसहरु बिहान खाली पेटमा फलफूल खान थाल्छन् ।

खाली पेटमा फलफूल खानु फाइदाजनक मानिन्छ तर सबै फलफूल खाली पेटमा खानु हुँदैन । कहिलेकाहीँ खाली पेटमा फलफूल खाँदा समस्या हुन सक्छ। खासगरी केही फलफूल यस्ता छन् जसलाई बिहान भुलेर पनि खानु हुँदैन । यसले फाइदाको सट्टा स्वास्थ्यमा हानि पुर्‍याउन सक्छ। जान्नुहोस् बिहान कुन फलफूल खानु हुँदैन र कुन फलफूल खान सकिन्छ ?

खाली पेटमा कुन फलफूल खानु हुँदैन ?
सिट्रस फलफूलः बिहान खाली पेटमा सिट्रस फलफूल खानु हुँदैन । विशेषगरी अंगुर खानबाट जोगिनै पर्छ । सिट्रस फलहरूमा धेरै एसिड हुन्छ जसले ग्यास्ट्रिक एसिड रिफ्लक्स, अल्सर र पेटको जलन निम्त्याउन सक्छ। सुन्तला वा मौसमी फलफूल खाली पेटमा खानु हुँदैन । यसमा साइट्रिक एसिड हुन्छ जसले खाली पेटमा हानि पुर्‍याउँछ।

केरा- केरा खानु स्वास्थ्यका लागि राम्रो मानिन्छ। केरामा प्रशस्त मात्रामा पोषक तत्व पाइन्छ तर खाली पेटमा केरा खानु हुँदैन । यसले बेचैनी र बान्ता जस्ता समस्या निम्त्याउन सक्छ।

अनानास- सिजनमा अनानास खानुपर्छ, तर यसलाई खाली पेटमा नखानुहोस्। अनानासमा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ ।

आँप– यतिबेला आँपको सिजन चलिरहेको छ । आँप प्रेमीहरूले समय खेर नफाली आँप खान थाल्छन् । तर बिहान खाली पेटमा आँप खाँदा हानिकारक हुन सक्छ । खाली पेटमा आँप खाँदा पेट फुल्ने र अपच हुन सक्छ। यसले पाचन प्रक्रियामा पनि असर गर्छ ।

बिहान खाली पेटमा कुन फलफूल खाने ?
तपाईंले बिहान खाली पेटमा केही चयन गरिएका फलफूलहरू सेवन गर्न सक्नुहुन्छ। यसमा  स्याउलाई उत्कृष्ट मानिन्छ । बिहान खाली पेटमा मेवा खानु पनि फाइदाजनक हुन्छ । यसबाहेक अनार र अम्बक पनि खाली पेटमा खान सकिन्छ ।