
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको अनुगमन गरेका छन्।
मन्त्री यादवले प्रसूति तथा स्त्री रोग अस्पतालको कुपण्डोलस्थित नयाँ भवन यथाशीघ्र सञ्चालन गर्न निर्देशन दिएका छन् ।
अनुगमन उपलब्धिमूलक रहेको बताउँदै कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीका चुनौती बारेमा पनि बुझेको उनले उल्लेख गरेका छन्।
अस्पतालले भोगिरहेको जनशक्ति, उपकरण र पूर्वाधार जस्ता अभाव हटाउन सचिवलगायतका कर्मचारीलाई निर्देशन दिएको उनले फेसबुकमार्फत सार्वजनिक गरेका छन्।