पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाको कार्यालयमा छापा मारेको छ ।
मंगलबार अख्तियारले पोखरा महानगरको कार्यालयमा छापा मारेर कागजातहरु नियन्त्रणमा लिएको हो ।
पोखरा महानगरले मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजश्व छुट दिएको भन्दै अख्तियारमा उजुरी परेपछि अख्तियारले छापा मारेको हो ।
अख्तियारले सोही विषयमा छानबिन गर्न भन्दै महानगरको कार्यपालिका बैठक र राजश्व परामर्श समितिले गरेका निर्णयका कागजात नियन्त्रणमा लिएको छ ।