
चाडौं रिस उठ्नु राम्रो होइन । हामी मध्ये धेरैलाई रिसाउनु राम्रो होइन भन्ने थाहा छ, तर यति हुँदाहुँदै पनि स्वभाव र परिस्थितिले मानिसहरु पटक–पटक रिसाइरहेका हुन्छन् । यस्तो बानीले धेरै मानिसहरुलाई हानी पनि पुर्याइरहेको हुन्छ । रिसलाई समयमा नै व्वस्थापन नगरे ठूलो दुर्घटना ननिम्ताउला भन्ने छैन् ।
रिस उठ्नुको मूल कारण निराशा हो । हरेक व्यक्ति आ–आफ्नो कार्यमा लागेको हुन्छ । चिन्तनशील रहदै श्रम र पसिना पोखिरहेको हुन्छ । आफ्नो लक्ष्यमा पुग्नका लागि उसले अथक प्रयास गरेकै हुन्छ । अनि आफूले प्रयास गर्दागर्दै जुन खालको बाँधा अड्चन आउँछ र व्यक्ति असफल हुन पुग्दछ । अनि आफ्नो लक्ष्यमा पुग्न असफल भएको कुण्ठालाई उसले रिसद्वारा प्रकट गरेको हुन्छ ।
आज हामीले रिस उठ्नुको कारण र समाधानको उपायहरुको बारेमा 𝗗𝗿.𝗣𝗿𝗮𝗱𝗲𝗲𝗽 𝗣𝗮𝗻𝗱𝗲𝘆 (𝗡𝗲𝘂𝗿𝗼𝗽𝘀𝘆𝗰𝗵𝗶𝗮𝘁𝗿𝗶𝘀𝘁) सँग कुराकानी गरेका छौ ।
कुराकानी तल भिडियाेमा हेर्न सक्नु हुन्छ ।