images
images

गालामा देखिने दाग हटाउनको लागि एलोभेरा

  • १६ कार्तिक २०८०, बिहीबार ०९:४८
images

‘एलोभेरा’ अर्थात घ्युकुमारीमा निको पार्ने गुणहरूका लागि परिचित छ। एलोभेराको पातबाट निकालिएको ताजा जेल अनुहार, हात र खुट्टामा लगाइन्छ र स्वास्थ्यलाई राम्रो बनाउन पनि खानामा पनि प्रयोग गरिन्छ।

एलोभेराका फाइदाहरू पिग्मेन्टेसन कम गर्नमा पनि देख्न सकिन्छ। छालामा मेलानिन रसायनको मात्रा बढेपछि छालामा दाग देखा पर्न थाल्छ। यसबाहेक घामबाट हुने क्षति, बुढ्यौली र हर्मोनल परिवर्तनले पनि दागहरू निम्त्याउँछ। दागहरू प्रायः गाला, नाक र निधारमा देखिन्छन्।

एलोभेरामा पाइने एन्टी-इन्फ्लेमेटरी र एन्टिब्याक्टेरियल गुणले छालालाई स्वस्थ राख्छ। यसले समय अगावै बुढ्यौलीका लक्षणहरूलाई पनि कम गर्छ र छालाको पिग्मेन्टेसनबाट छुटकारा पाउँछ। यसबाहेक, एलोभेराको एन्टी-अक्सिडेन्टले छालालाई हानि गर्ने फ्री रेडिकलहरूलाई हटाउँछ। एलोभेराले छालालाई हाइड्रेट गर्छ र छालामा काेमलता कायम राख्छ।

छालाका दाग कम गर्न २ चम्चा एलोभेरा जेल र आधा चम्चा मह एकसाथ मिलाउनुहोस्। यस पेस्टलाई १० मिनेटसम्म अनुहारमा लगाउनुहोस् र त्यसपछि धुनुहोस्। यो पेस्ट हप्तामा २ देखि ३ पटक लगाउनाले पिग्मेन्टेसन कम हुन थाल्छ। यो पेस्ट कालो धब्बा हटाउन प्रभावकारी हुन्छ।

सुझावहरू
१. एलोभेरामा भिटामिन ई क्याप्सुल मिसाउनुहाेस र आधा घण्टासम्म अनुहारमा राख्नुहोस् र त्यसपछि अनुहार धुनुहोस्। यसले तत्कालै राम्रो प्रभाव देखाउँछ।
२. कागतीको रसलाई एलोभेरासँग मिसाएर पनि दागलाई हल्का बनाउन लगाउन सकिन्छ।
३. एक चम्चा एलोभेरा जेलमा एक चिम्टी बेसार मिसाएर अनुहारमा लगाउनुहाेस । १० मिनेट पछि यसलाई धुनुहोस्। दाग हल्का हुन थाल्छ।