पुरुषको स्तन ठुलो हुनु राम्रो मानिदैन र मानिसहरु त्यसलाई अनौठो नजरले हेर्छन् । पुरुषको बढ्दो स्तनले प्रायः उनीहरूको शरीरको छवि बिगार्ने मात्र होइन उनीहरूको आत्मसम्मानमा पनि चोट पुर्याउँछ।
सामान्यतया, पुरुषको स्तनको तन्तु महिलाको जत्ति ठूलो हुँदैन। किशोरावस्थामा हर्मोन परिवर्तनका कारण महिलाको स्तन बढ्छ ।
तर पुरुषहरूमा स्तनको तन्तु, औषधि, शरीरको तौल, विद्यमान स्वास्थ्य समस्याहरू र हार्मोनल असंतुलन जस्ता कारकहरूको कारणले स्तन ठुलो हुने गर्दछ, जसले निप्पलको वरिपरि नरम, स्तन जस्तो तन्तुहरू बनाउँछ। यी स्तनहरूको आकार अन्तर्निहित कारणको आधारमा फरक हुन सक्छ। कतिपय पुरुषको छाती बढी फुल्ने देखिन्छ ।
यस बिषयमा बरिष्ठ बर्न तथा प्लास्टिक सर्जन डा. पिउस दाहालसंग गरिएकाे भिडियाे कुराकानी हेर्नुहाेस ।