images
images

शालिनको पोष्टमार्टम रिपोर्ट : बलात्कार देखिएन, झुण्डिएका कारण मृत्यु

  • २० फाल्गुन २०८०, आईतवार १४:४६
images

काठमाडौं । चितवनको छात्राबासमा झुन्डिएको अवस्थामा फेला परेकी १४ वर्षीया शालिन पोखरेलको बलात्कार नभएको अनुसन्धानले देखाएको छ।

पोखरेलको शवको पोष्टमार्टम र मृत शरीरको फरेन्सिक जाँच परीक्षण काठमाडौंको टिचिङ अस्पताल गरिएको थियो। अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार जाँचमा उनको बलात्कार नभएको पाइएको हो।

गत शनिबार बिहान रत्ननगर नगरपालिका-१२ माधवपुर मामाघरमा बसी एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा बस्ने सालिन मृत फेला परेकी थिइन्।

बालिका होस्टलको कोठामा रहेको सिलिङको पंखामा डोरीमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।

शालिन रत्ननगर-१० को एकता निकेतनको होस्टेलमा दुई वर्षदेखि बस्दै आएकी थिइन्। उनी १० वर्षदेखि मावली घरमा हजुरआमासँग बस्दै आएकी थिइन्।

बुवा-आमाले डिभोर्स गरेपछि उनी एक्लिएकी थिइन्।