
अहिले गर्मीकाे पुर्ण आगमन भएको छैन तर पनि कतिपयले फ्रिजको चिसो पानी पिउन थालेका छन् । चर्को घामबाट घर आएपछि सिधै चिसो पानी पिउन थाल्छन् ।
तर तपाईको यो बानीले तपाईलाई बिरामी बनाउन सक्छ। अत्याधिक गर्मीमा चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक साबित हुन सक्छ । यदि तपाईलाई पनि फ्रिजको चिसो पानी पिउने बानी छ भने होसियार हुनुहोस् । फ्रिजको चिसो पानी पिउनाले मोटोपना मात्र नभई अन्य धेरै रोगको जोखिम पनि निम्त्याउन सक्छ । जान्नुहोस् फ्रिजमा राखिएको पानी किन स्वास्थ्यका लागि खतरनाक मानिन्छ ?
स्वास्थ्य विज्ञहरुका अनुसार अत्याधिक गर्मीमा चिसो पानी पिउनाले बिरामी पर्न सकिन्छ । शरीरको तापक्रममा अचानक आएको परिवर्तनले स्वास्थ्यलाई हानि पुर्याउन सक्छ। अत्यधिक चिसो पानी वा कुनै पनि तरल पदार्थले रक्तनलीहरू खुम्चिन थाल्छ। यसले गर्दा पाचन प्रक्रिया सुस्त हुन्छ । यस्तो अवस्थामा शरीरको ध्यान पाचन प्रक्रियाबाट शरीरको तापक्रम नियन्त्रणमा सर्छ।
मुटुका लागि खतरनाक– चिसो पानी मुटुका लागि खतरनाक मानिन्छ । जसका कारण रक्तनलीहरु खुम्चिन थाल्छ र रक्तप्रवाह सुस्त हुन थाल्छ । कहिलेकाहीँ चिसो पेय पदार्थले रक्तनलीहरू एकदमै कडा हुन्छ, जसले समस्या निम्त्याउन सक्छ।
मोटोपना बढाउँछ – चिसो पानीले मोटोपना घटाउन र बोसो जलाउन कठिनाइ हुन्छ । तौल घटाउन चाहनुहुन्छ भने चिसो पानी पिउनु हुँदैन । सामान्य वा मनतातो पानी मात्र पिउनुपर्छ ।
पाचन बिग्रन्छ– चिसो पानी पनि पेट र पाचनका लागि राम्रो मानिदैन । चिसो पानी पिउनाले ठूलो आन्द्रा खुम्चिन्छ र यसले पेट सफा हुनबाट रोक्छ। यस्तो अवस्थामा कब्जियतको समस्या निम्त्याउँछ । खराब पाचनले ग्यास र एसिडिटी जस्ता समस्या निम्त्याउन सक्छ।