किवी अत्यन्त लोकप्रिय फल हो । स्वादिलो यो फल खानेहरु धेरै हुन्छन्, किवी बारे धेरै मानिसहरु जानकार भए पनि यसले मानव स्वास्थ्यलाई पुर्याउने फाइदाबारे सबैलाई थाहा नहुन सक्छ । नेपाली जिब्रोले यो फलको स्वाद चाखेको भने धेरै समय बितेको छैन । किवी फल स्वास्थ्यको लागी अत्यन्त लाभकारी मानिन्छ । यसले शरीरको प्रतिरोधात्मक क्षमता बृद्धि गर्न, पाचन प्रणाली बलियो बनाउँछ । उच्च रक्तचाप तथा मुटु रोगीको लागि यो फल अत्यन्त लाभकारी हुने एक अध्ययनले पुष्टि गरेको छ । त्यसैगरी भिटामिन ई, सी र पोटासियम पाईने भएकोले अनुहारको छाला चाउरी पर्नबाट बचाउँछ । त्यसैगरी चिल्लो पर्दाथ र,कोलेस्टेरोल नभएको अधिक रेशायुक्त भएकोले जनस्वास्थ्यमा चासो राख्ने हरुको लागी अत्यन्त लाभकारी फलको रुपमा लिन सकिन्छ ।
किवीमा भिटामिन सी भरपूर मात्रामा पाइने हुँदा यसले एन्टी–अक्सिडेन्टको काम गर्छ । यसले हाम्रो शरीरलाई विभिन्न इन्फेक्सन हुनबाट जोगाउँछ । शरीरमा कुनै घाउ भएको छ भने यसलाई बढ्न दिँदैन र चाडो निको हुन्छ । किबी फलबाट जुस, जाम र अन्य पेय पदार्थ बनाइ खाने गरिन्छ । किबीको व्यवसायिक खेती अहिले नेपालमा पनि भइरहेको छ ।
किवी फल खानुको फाइदाहरु
कोलेस्ट्रोल कन्ट्रोल गर्छ
किवीबाट भिटामिन, खनिज र औषधीजन्य तत्व प्राप्त गर्न सकिन्छ । किवीले कोलेस्ट्रोल कन्ट्रोलमा पनि ठूलो सहयोग पुर्याउँछ । यसको नियमित सेवन गर्ने हो भने शरीरमा कोलेस्ट्रोल बढ्न पाउँदैन ।
घाउलाई थप बिग्रनबाट जोगाउँछ
भिटामिन सी भरपूर मात्रामा पाइने भएकाले किवीले एन्टी–अक्सिडेन्टको काम गर्छ । यसले हाम्रो शरीरलाई विभिन्न इन्फेक्सन बनाउने कामबाट मुक्त राख्छ । शरीरमा कुनै घाउ भएको छ भने यसलाई बढ्न दिँदैन र चाडो निको हुन्छ ।
कब्जियत हुन दिँदैन
किवीमा फाइबरको मात्रा निकै धेरै हुन्छ । किवीको नियमित सेवनका कारण कब्जियत समस्या समाधान हुन्छ ।
जोर्नी दुख्ने समस्या निको पार्छ
किवीमा यस्तो गुण हुन्छ जसले बाथरोग भएका बिमारीहरुलाई सहज बनाउँछ । जोर्नी दुख्ने समस्या भएका व्यक्तिहरुले किवी खानु निकै फाइदाजनक मानिन्छ । यसले शरीर भित्र भएका अन्य समस्याहरुबाट हुने शारीरिक पीडा कम गराउँछ ।
स्वस्थ रुपमा वजन घटाउन
अस्वस्थ खानपान र बिलासि जिवनले आजभोलि मान्छेलाई मोटोपन, उच्च रक्तचाप, मुटु रोगबाट सताईरहेको छ।विभिन्न अध्ययनहरुले किवीको नियमित सेवन गरेमा तौल घढ्ने तर यसले शरिरमा कुनै समस्या नल्याउने देखिएको छ।पर्याप्त मात्रामा भिटामिन सि पोटिसियम फोलेट पाईने भएकोले किवीको सेवनले स्वस्थ रुपमा वजन घटाउन मद्दत गर्छ।
पाचन स्वास्थ्यलाई सहयोग पुर्याउँछ
किवीमा प्रचुर मात्रामा फाईबर पाईनुका साथै प्रोटियोलाईटिक ईन्जाइम यक्टिडिन पाईन्छ जसले प्रोटिनलाई टुक्राउन मद्दत गर्दछ र पाचन स्वास्थ्यलाई सहयोग पुर्याउँछ।
मुटुको स्वास्थ्यको लागि
किवी धेरै खाने मान्छेमा मुटुरोगको जोखिम कम हुने गर्दछ। उच्च रक्तचाप उच्च कोलेस्ट्रोल रक्तप्रवाहमा पनि यसले सहयोग गर्छ।उच्च रक्तचाप भएको मानिसले दैनिक २-३ दाना किवी प्रतिदिन खाएमा उच्च रक्तचाप कम गर्न मद्दत गर्दछ। यसबाहेक किवी फाईबर र पोटासियमको राम्रो स्रोत हो। फाईबर र पोटासियम युक्त खाद्य पदार्थको उच्च सेवनले मुटु रोगको जोखिम घटाउने गर्दछ।
स्वस्थ गर्भावस्थालाई सहयोग गर्न
किवीको नियमित सेवनले स्वस्थ गर्भावस्थालाई सहयोग गर्न मद्दत गर्छ । फोलेट वा भिटामिन बी सबै व्यक्तिको लागि आवश्यक छ तर गर्भवतीहरूको लागि यो झनै महत्वपूर्ण छ। यसमा प्रसस्त आइरनको मात्रा हुने भएकाले गर्भबती महिलाहरुको लागि निकै उपयोगी हुन्छ ।
आँखाको लागि
किविले आँखालाईसमेत तन्दुरस्त राख्न भूमिका खेल्छ । यसले आँखाको ‘भिजन लस’बाट पनि बचाउँछ ।
त्यस्तै किवी छालाको सौन्दर्य जोगाउन पनि उत्तिकै उपयोगी हुन्छ । किवी भिटामिन सिको प्राकृतिक स्रोत हो, जसले एन्टि अक्सिडेन्टको रुपमा काम गर्छ । यसले घामको किरणबाट छालामा हुनसक्ने हानिलाई रोक्छ ।
हड्डीका लागि पनि किवी फल राम्रो मानिन्छ । किवीमा विद्यमान भिटामिन के ले हड्डीको नयाँ कोशिका निर्माण र हड्डीको भार बढाउन सक्छ । भिटामिन इ, फोलेट र म्याग्नेशियमले पनि हड्डी बलियो बनाउँछ ।