
हेटौँडा । मकवानपुरको थाहा नगरपालिका-६ स्थित बज्रबाराही स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट स्वास्थ्य चौकीको रुपमा पुरस्कृत भएको छ ।
न्यूनतम सेवा मापदण्ड (एमएसएस) मापनमा उक्त स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट भएको हो ।
स्वास्थ्य कार्यालय मकवानपुरले असार १७ र १८गते आयोजना गरेको वार्षिक समिक्षा तथा अन्य सूचकको मुल्याङ्कनसहित उक्त स्वास्थ्य चौकीलाई जिल्लाकै उत्कृष्ट घोषणासहित सम्मान गरेको थियो ।