काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्यकर्मीको दरबन्दी बढाउने घोषणा गर्नुभएको छ ।
सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विशेष बजेट ल्याएर भएपनि स्वास्थ्यकर्मीको दरबन्दी बढाउने घोषणा गर्नुभएको हो ।
मन्त्री बस्नेतले चाँडै भन्दा चाँडै दरबन्दी बढाउने कुरामा सरकार लागिरहेको जानकारी दिनु भयाे ।
उहाँले गरिव र विपन्न भएकै कारण उपचार गर्न नसक्ने कोही भए आफूलाई सम्पर्क गरे आफूले उपचार गरिदिने बताउनु भयो ।
उहाँले अहिंसात्मक माध्यम र तौर तरिका अपनाउन नसके समाजमा राम्रो नहुने बताउनु भयो ।