
काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले डाक्टरहरूमाथि कुटपिट गर्नेलाई धरौटीमा छाड्न नहुने बताएका छन् ।
प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेसका महामन्त्रीसमेत रहेका थापाले डाक्टरमाथि कुटपिट गर्नेलाई जेल नै पठाउने कानुन बनाउन सांसदहरूले सहयोग गर्ने पनि उनले बताए ।
“आक्रमण हुँदा किन्तु, परन्तु केही नभनी जेल विथआउट बेल हुन्छ भन्ने हुँदैन । अनि, कुनै पनि उपचारको सन्दर्भमा उपभोक्तहरूलाई गुनासो हुन्छ भने यसको वैधानिक सम्बेधन हुन्छ भन्ने भर हुँदैन । यस्तो घटना दोहोरिरहन्छ,” उनले भने, “घटना हुन्छ, आन्दोलन हुन्छ, सम्झौता हुन्छ । तर, कार्यान्वयन हुँदैन । यो चक्र तोड्ने हो भने एकपटक नेपाल सरकारले नेपाल मेडिकल एसोसिएसनसँग र स्वास्थ्यकर्मीहरूको संघर्ष समितिसँग गरेको सम्झौताको अक्षरशः कार्यान्वयन गरोस् ।”