
पिसाब गर्दा जलन महसुस हुनु एक सामान्य समस्या हो जुन सबै उमेरका पुरुष र महिलाहरूलाई असर गर्न सक्छ। पिसाब लाग्ने क्रममा जलन हुनु भनेको पिसाबसँग मात्र नभई यो पिसाब प्रणाली, मृगौला, युरेटर, मूत्रमार्ग र मूत्रथैलीसँग सम्बन्धित छ।
अनुसन्धानका अनुसार पिसाब गर्दा पोल्ने समस्या पुरुषको तुलनामा महिलामा बढी हुन्छ । पिसाबको समयमा पोल्नेका साथै अन्य लक्षणहरू पनि अनुभव हुन सक्छन्।
यद्यपि विभिन्न व्यक्तिहरूमा विभिन्न प्रकारका लक्षणहरू हुन सक्छन्। धेरैजसो अवस्थामा, पिसाब गर्दा पाेल्ने अनुभूतिले धेरै समस्या त उत्पन्न गर्दैन, तर यसलाई लामो समयसम्म बेवास्ता गर्दा खतरा हुन सक्छ।
यस विषयमा हामीले कन्सल्टेन्ट युराेसर्जन तथा किड्नी ट्रासप्लान्ट सर्जन विशेषज्ञ प्राे. डा. पारसमणि श्रेष्ठसंग कुरा गरेका छाै ।
भिडियाे हेर्नुहाेस