images
images

सुत्केरीलाई ‘कोसेली’ कार्याक्रम सञ्चालन

  • २१ माघ २०८०, आईतवार ०८:४२
images

बाजुरा । बाजुराको एक पालिकाले सुत्केरीलाई ‘कोसेली’ कार्याक्रम सञ्चालन गरेको छ।

जिल्लाको खप्तड छेडेदह गाउँपालिकाले सुत्केरी महिलालाई कोसेली कार्यक्रम सञ्चालन गरेको हो।

बच्चाहरुमा कुपोषण देखा परेकोले त्यसलाई न्यूनिकरण गर्नेगरी उपाध्यक्षसँग सुत्केरी कोसेली कार्यक्रम सञ्चालनमा ल्याएको खप्तड छेडेदह गाउँपालिकाले जनाएको छ।

पछिल्लो समय जन्मिने कुनै पनि बालबालिका कुपोषणको सिकार बन्नु नपरोस् भन्ने उद्देश्यले गाउँपालिकाले उपाध्यक्षसँग सुत्केरी कोसेली कार्यक्रम सञ्चालनमा ल्याएको खप्तड छेडेदह गाउँपालिका उपाध्यक्ष बिसु नाथले बताइन्।

खप्तड छेडेदह गाउँपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६ र ७ का १८५ जना सुत्केरी महिलालाई समेटिएको नाथले बताइन्।