images
images

आज विश्व क्यान्सर दिवस

  • २१ माघ २०८०, आईतवार ०९:०१
images

आज विश्व क्यान्सर (अर्बुद) दिवस क्यान्सरविरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

यस दिवस हरेक वर्षको फेबु्रअरी ४ तारिखका दिन मनाइन्छ ।

‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।

नेपाल अर्बुद रोग निवारण संस्थाले विश्व क्यान्सर दिवसका अवसरमा आज (आइतबार) बिहान काठमाडौँ उपत्यकामा विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरुमा सचेतना पदयात्राको आयोजना गर्दै छ ।

विकराल रुपमा विस्तार भइरहेको क्यान्सर रोगको रोकथामका लागि सचेतनामूलक कार्यक्रमका साथै क्यान्सर रोगीको उपचारात्मक कार्यका लागि समुदायमा क्यान्सर रोगबाट प्रभावित हुने क्रम बढ्दो छ ।