images
images

नेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँच

  • २१ फाल्गुन २०८०, सोमबार १०:०९
images
काठमाडौं । नेपाल मेडिकल कलेजले कानको श्रवण सम्बन्धी निःशुल्क जाँच गरेको छ । कलेजले विश्व श्रवण दिवसको अवसरमा नाक कान घाँटी विभाग अन्तरगत ओपिडी शुल्क र कानको श्रवण सम्बन्धी परिक्षण निःशुल्क गरेको हो ।

आइतबार आयोजित निःशुल्क श्रवण परीक्षण तथा नाक कान घाँटी निःशुल्क ओपिडीमा ९७ जनाले ओपिडी सेवा लिएको तथा ३० जनाको कानको श्रवण परिक्षण गरिएको नाक कान घाँटी रोग विज्ञागको विशेषज्ञ चिकित्सक डा. सुमेध मिश्राले जानकारी दिए ।

विश्व स्वास्थ्य संगठनले प्रत्येक वर्ष मार्च ३ लाई विश्व श्रवण दिवसका रुपमा मनाउने गरेको छ । नाक कान घाँटी रोग विशेषज्ञ चिकित्सक डा. सुमेश मिश्राका अनुसार गर्भावस्थामै गर्भको शिशुको श्रवण शक्तिको परीक्षण गर्ने विधिहरु आइसकेको छ । पेटमा रहेको शिशुको श्रवण क्षमताको परीक्षण गरी शिशु जन्मिएको ६ महिनासम्ममा श्रवण समस्याको उपचार गर्न सकिने डा. मिश्राको भनाई छ ।