images
images

जङ्गली च्याउ खाँदा एकै परिवारका सात जना बिरामी

  • २१ असार २०८१, बिहीबार १४:३४
images

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिकामा एकै परिवारका सात जना विषालु च्याउ खाँदा बिरामी परेका छन् ।

च्याउ खाँदा भिमफेदी–६ उर्लाघारी निवासी ६५ वर्षीया मङ्गली स्याङ्तान, उनका ३२ वर्षीय छोरा बुद्धिबहादुर, बुहारी ३० वर्षीया पासाङमाया, नाति ७ वर्षीय लासाङ, बुद्ध स्याङ्तानकी छोरी १९ वर्षीया लक्ष्मीमाया, १५ वर्षीया पार्वती र ७ वर्षीया छोरी आरती सिकिस्त बिरामी परेका हुन ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार विषालु च्याउ खाएर बिरामी परेको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले उद्धार गरी पाँच जनालाई उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल पठाएको छ ।