images
images

बझाङ भूकम्पका पीडितलाई निशुल्क उपचार गर्ने सुदूरपश्चिम सरकारको निर्णय

  • १७ आश्विन २०८०, बुधबार १२:१६
images

कैलाली । मंगलबार दिउँसो बझाङको तल्कोट केन्द्र बनाएर गएको भुकम्पबाट प्रभावित भएकाहरुलाई सुदूरपश्चिम प्रदेश सरकारले क्षतिपूर्ति र राहतको व्यवस्था गर्ने भएको छ ।

आज मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा बसेको सरोकारवालाहरुको बैठकमा सरकारले खाद्यान्न, उपचारदेखि क्षतिपूर्ति सम्मको व्यवस्था गर्ने जनाएको हो ।

भूकम्प पीडितलाई खाद्यान्न उपलब्ध गराउने, क्षतिपूर्ति दिने र सम्पुर्ण उपचार खर्च सरकारले व्यहोर्ने निर्णय भएको उद्योग पर्यटन तथा तथा वातावरण मन्त्री रमेश धामीले जानकारी दिनुभयाे ।

घाइतेहरुको उपचार गर्ने, क्षति भएका भौतिक संरचनाको विवरण सकलन गर्ने, सुख्खा पहिरो गएर अबरुद्ध भएको सडक तत्काल संचालनमा ल्याउन तथा पीडितहरुलाई क्षतिपूर्ति र राहतको उचित व्यवस्थापन गर्न तदारुकताका साथ लाग्न सबैलाई आग्रह गर्ने निर्णय गरिएको मन्त्री धामीले बताउनु भयाे ।

बझाङमा मंगलबमर ३ बजेर ६ मिनेटमा ६.३ रेक्टरको भुकम्प जाँदा १ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।