images
images

अस्पतालमा राखियो डाक्टर कुटपिट गर्दा हुने सजायको विवरणसहितको बोर्ड

  • १७ आश्विन २०८०, बुधबार १५:५९
images

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई स्वास्थ्यकर्मीको सुरक्षामा अवरोध पु¥याउने र हातपात गर्नेमाथि हुने कारबाहीबारे स्थायी सूचना बोर्ड राख्न निर्देशन दिइएपछि बोर्ड राख्न थालिएकाे छ ।

मन्त्रालयले सूचना जारी गर्दै कम्तीमा छ फिट उचाई र चार फिड चौडा स्थायी सूचना पाटी राख्न निर्देशन दिएकाे थियाे ।

स्वास्थ्यकर्मीमाथि हातपातको घटना बढेपछि सरकारले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्दा हुने दण्ड तथा सजाय सम्बन्धी कानुनी व्यवस्थासहितको जानकारी स्वास्थ्य संस्थाहरुमा सबैले देख्ने गरी राख्ने निर्णय गरेको थियो ।

सोही अनुसार दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सजायसम्बन्धी जानकारीमूलक बडापत्र टाँसिएको छ ।

ऐनअनुसार स्वास्थ्य संस्थामा आगजनी गरे दुईदेखि पाँच वर्षसम्म कैद वा रु दुई लाखदेखि रु पाँच लाखसम्म जरिवाना वा दुवै हुने व्यवस्था छ।

स्वास्थ्य संस्थामा तोडफोड, वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पुर्‍याएमा र स्वास्थ्यकर्मी-कर्मचारीलाई कुटपिट वा शारीरिकरुपमा चोट पुर्‍याए तीन वर्षसम्म कैद वा रु तीन लाख जरीवाना वा दुवै सजाय हुनसक्छ।

यस्तै स्वास्थ्य संस्थामा तालाबन्दी वा घेराउ गर्ने, उपचारका लागि आएका वा उपचाररत बिरामीलाई बाधा पुर्‍याए र स्वास्थ्यकर्मी वा कर्मचारीलाई हातपात गरे एक वर्षसम्म कैद वा रु एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।