images
images

अस्पताल पुगेर प्रधानमन्त्रीले भेटे घाइते

  • १८ कार्तिक २०८०, शनिबार ०९:४८
images

जाजरकोट । भूकम्प प्रभावित क्षेत्र जाजरकोटकाे खलंगाको जिल्ला अस्पतालमा पुगेर प्रधानमन्त्री प्रचण्डले घाइतेहरुलाई भेटेका छन् ।

प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाका १६ जनाको मेडिकल टिमसहित जाजरकोट पुगेका हुन् ।

जाजरकोटको बारेकोट केन्द्रविन्द्र भएर राति पौने १२ बजे गएको भूकम्पले नलगाड नगरपालिका, रुकुमपश्चिमको आठविसकोट नगरपालिकामा बढी क्षति भएको छ ।

भूकम्पमा परी दुई जिल्लामा १२८ बढीको मृत्यु भइसकेको छ ।