images
images

प्रेस चौतारीको स्थापना दिवसमा झापामा आँखा जाँच शिविर

  • २२ माघ २०८०, सोमबार ०८:१६
images

बिर्तामोड। प्रेस चौतारी झापाले बिर्तामोडको नयाँ पर्यटकीय गन्तव्य नेत्र पार्कमा चौतारीले स्थापना दिवसको अवसर पारेर झापाली पत्रकारहरुको निशुल्क आँखा जाँच समेत गर्ने भएको छ ।

बिर्तामोडस्थित बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगमा पत्रकारहरुको आँखा जाँच शिविर सञ्चालन गर्ने भएकाे हाे ।

वनभोजसहित आयोजना गरिएको स्थापना दिवसमा पत्रकारहरुबीच मनोरञ्जनात्क कार्यक्रमहरु समेत राखिएको कार्यक्रम संयोजक प्रदीप परियारले जानकारी दिए ।

उनका अनुसार प्रेस चौतारीको स्थापना दिवसमा झापामा सबै सञ्चारकर्मीहरुलाई निमन्त्रणा गरिएको छ ।