काठमाडौं । दादुरा–रुबेलाविरुद्धको ६० लाख ७५ हजार मात्रा खोप नेपाल आइपुगेको छ।
अन्तराष्ट्रिय संस्था गाभीको सहयोगमा खोप सोमबार नेपाल ल्याएको स्वास्थ्य सेवा विभागले जनाएको छ।
विभागले उक्त खोप ५७ लाख बालबालिकालाई लगाउने कार्यक्रम रहेको जनाएको छ।
भारतसँग जोडिएका १९ जिल्ला र काठमाडौं उपत्यका गरेर २४ जिल्लाका ९ महिनादेखि १५ वर्षसम्मका बालबालिका र बाँकी ५१ जिल्लाका ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई खोप लगाउने योजना विभागको छ।