images
images

भक्तपुरकाे कोरियामैत्री अस्पतालमा व्लड बैंक स्थापना हुने

  • २२ फाल्गुन २०८०, मंगलवार १०:४९
images

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा व्लड बैंक (रक्तसञ्चार केन्द्र) स्थापना गरिने भएको छ ।

त्यसका लागि नगरपालिका अस्पताल प्रशाशन र लायन्स क्लववीच सम्झौता भएको छ ।

सम्झौतामा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, लायन्स क्लवका प्रतिनिधि दीपक प्रजापति र अस्पतालकोतर्फबाट डा. डि के रोशनले हस्ताक्षर गरे । अस्पताल मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित छ ।
ब्लड बैंकको स्थापनापछि मध्यपुर थिमि नगरपालिकामा रक्तसंचारमा धेरै सहज हुने विश्वास गरिएको छ ।