images
images

गाजामा एकैदिन १० बालबालिकाको मृत्यु

  • २२ फाल्गुन २०८०, मंगलवार १०:५३
images

काठमाडौं । गाजाको उत्तरी क्षेत्रमा भोकमरीको समस्या विकराल बनेको छ ।

उत्तरी गाजामा भोकमरीको असर बालबालिकामा बढी देखिएको विश्व स्वास्थ्य संगठन, डब्लुएचओले जनाएको छ ।

खानाको अभावका कारण आइतवारमात्र १० जना बालबालिकाको मृत्यु भएको डब्लुएचओका प्रमुख टेड्रोस अधानम गेब्रियससले बताउनुभयो ।

गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले भने आइतबार कमल अड्वान अस्पतालमा कम्तीमा १५ बालबालिकाको कुपोषण र पिउने पानीको अभावमा मुत्यु भएको जनाएको छ ।

कुपोषणकै कारण मृत्यु भएको यो १६ औं घटना भएको बीबीसीमा उल्लेख छ ।