तनाव, मौसम वा अचानक दुखाइको कारणले सबैले आफ्नो जीवनको कुनै न कुनै बिन्दुमा टाउको दुखेको अनुभव गरेका छन्। टाउको दुख्ने समयमा व्यक्तिलाई ठूलो रबर ब्यान्डले टाउको बाँधेकाे जस्ताे हुने , दुखाइको कारणले टाउको निचोरिरहेको जस्तो महसुस हुन सक्छ।
टाउको दुखाइ दुखाइको प्रकार, यसको गम्भीरता, कहाँ हुन्छ र कति पटक हुन्छ भन्ने आधारमा धेरै फरक हुन सक्छ।
दुखाइ मानिसले अनुभव गर्ने सबैभन्दा सामान्य रोगहरू मध्ये एक हो। यद्यपि यो सामान्य भए पनि सामान्य होइन। केहि अवस्थामा यसले दैनिक जीवनमा महत्त्वपूर्ण प्रभाव पार्न सक्छ।
दीर्घ दुखाइ, साधारणतया टाउको र ढाडमा धेरै हुने विज्ञहरू बताउछन। उमेर बढ्दै गएपछि घुँडा खिइने पनि दीर्घ दुखाइमा पर्छ।
दिर्घ दुखाईले मस्तिस्कमा पार्ने प्रभावहरुकाे बारेमा हामीले दुखाइ विशेषज्ञ डा.तिर्थराज भण्डारीसंग कुरा गरेका छाै ।
भिडियाे हेर्नुहाेस