नुन नहुँदो हो त हाम्रो हरेक गाँस खल्लो हुन्छ र, यस्तो खल्लो खानपानलाई हाम्रो जिब्रोले सोझै अस्वीकार गरिदिन्छ । यसको अर्थ हो, कि नुनले हाम्रो जिब्रोलाई लोभ्याइसकेको छ । दालमा, सागसब्जीमा, मासुमा, अचारमा नुनको उपस्थिति अनिवार्य मानिन्छ । हामी दैनिक कति मात्रामा नुन खाइरहेका हुन्छौं ? सायदैले यसको लेखाजोखा गर्लान् । किनभने हरेक गाँसमा ‘स्वाद अनुसार’ नुन खाइरहेकै हुन्छौं । हामीले शताब्दीयौंदेखि धेरै नुन खाँदै आएका छौं। कहिलेकाही तरकारीमा नुन लागेन भने हामी नुन थपेर खान्छौँ । स्वादका लागि मात्र होइन, नुन स्वास्थ्यका लागि पनि आवश्यक छ । तर, यसको मात्रा बढी लिएमा भने चाहि हाम्रो स्वास्थ्यमा हानि पुग्छ ।
अहिलेको आधुनिक स्वास्थ्य विज्ञानलाई हेर्ने हो भने नुन हाम्रो शरीरको लागि अत्यन्त आवश्यक छ । हामीलाई २४ घण्टाभित्र ५ ग्राम नुन चाहिन्छ । यद्यपि, आयुर्वेदिक र पूर्वीय विज्ञानले भने नुन हामीले विभिन्न प्राकृतिक आहारबाट पनि पाउने गर्छौं । तथापि शरीरको लागि केही मात्रामा नुन आवश्यक रहेको छ । विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा धेरै गुणा बढी नुन खान्छौं। विश्व स्वास्थ्य संगठनले दैनिक पाँच ग्राम भन्दामुनि नुन मानव शरीरका लागि आवश्यक हुन्छ भनेको छ । त्यसभन्दा बढी भएमा स्वास्थ्यलाई हानि पुर्याउँछ ।
हामी नुनको सेवनमा ध्यान दिँदैनौ र हाई ब्लडप्रेसरको सिकार हुन पुग्छौं । नुन बढी सेवन गर्दा मुटु सम्बन्धि रोग बढ्ने खतरा हुन्छ । शरीरमा नुनको मात्रा बढी भए रक्त प्रवाह बढ्छ । यसले मुटु र धमनिमा अतिरिक्त दवाव दिएर स्वास्थ्यमा नकरात्मक असर पुगाउँछ । धेरै नुन खाँदा हृदयघातको सम्भावना पनि हुन्छ । धेरै नुन खाँदा मिर्गौलाको पत्थरी हुने सम्भावना पनि हुन्छ । बढी नुन खाँदा पिसावमा क्याल्सिएमको मात्रा बढ्छ । क्याल्सिएमको मात्रा बढी भयो भने मिर्गौलाको पत्थरी हुने सम्भावना हुन्छ । यदि मिर्गौलामा पत्थरी भयो बुझ्नुस् की तपाई बढी नुन सेवन गर्नुहुन्छ । बढी नुन सेवन गर्दा मोटोपन बढ्छ ।
नुनको अत्यधिक प्रयोगले मिर्गौला, मुटु, पाचनप्रणाली, शरीरको चापदेखि हड्डीलाई हानि गर्छ । त्यसबाहेक छालालाई पनि नुनले हानि पुर्याउँछ । छालाको चमक घटाउने, संक्रमण बढाउने, छालाको प्रतिरोधात्मक क्षमता कम गर्ने, एलर्जी हुने जस्ता समस्या आउन सक्छन् ।
किड्नी, फोक्सो र कलेजोले रगतलाई छान्ने काम गर्छन् । नुन सिधै रगतमा जान्छ र नुन बढी हुँदा तीनवटै अंग थाक्छन् । जसकारण शरीरले चाहिने भन्दा बढी पानी माग्छ । त्यही अनुसारको पानी खाने र पिसाबबाट जाने हुँदा शरीरले आराम गर्न पाइरहेको हुँदैन ।
नुन खाइरहने व्यक्तिले नुन नखाँदा शरीरमा बल नहुने, बेहोस हुने, वाकवाकी लाग्ने सम्भावना हुन्छ भने धेरै नुन सेवनले रक्तचाप, मुटुरोगको समस्या निम्त्याउँछ ।धेरै नुन खानुले उच्च रक्तचाप, हृदयघात, मिर्गौला समस्या निम्त्याउने गर्छ । यसको मतलब नुनलाई पूर्ण रूपमा छाड्नपर्छ भन्ने होइन, तर नुन वास्तवमा मानव शरीरको लागि महत्वपूर्ण पोषक तत्व हो ।