images
images

सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइदै

  • २३ चैत्र २०८०, शुक्रबार १४:१०
images

काठमाडौं । सरकारले यही वैशाख १६ गतेदेखि सात वटा जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीका अनुसार हात्तिपाइले रोग निवारणका लागि जोखिम समूहमा रहेका सात जिल्लामा औषधि खुवाउने कार्यक्रम सञ्चालन हुन लागेको हो।

डा मरासिनीका अनुसार झापा धनुषा महोत्तरी सर्लाही रौतहट रसुवा र कपिलवस्तु जिल्लामा आम औषधि सेवन कार्यक्रम चल्ने छ।

वैशाखमा सात वटा जिल्लाका ५० लाख ७८ हजार जनालाई औषधि खुवाउने लक्ष्य लिइएको छ।