images
images

के कारणले छिटो छिटो पिसाब लाग्छ ?

  • २३ चैत्र २०८०, शुक्रबार १४:५३
images

छिटो छिटो पिसाब लाग्नु भनेको एउटा सानो समस्या हो भनी सोचेर हामी अक्सर बेवास्ता गर्छौं। खासगरी मानिसहरू प्राकृतिक परिणाम हो भन्ने विश्वास गर्छन् । तर यो सही होइन।

धेरै मात्रामा पानी वा अन्य तरल पदार्थ पिउनाले बारम्बार पिसाब लाग्न सक्छ, तर यी सबै कारण नभएको अवस्थामा पनि छिटाे छिटाे पिसाब लाग्नु कुनै गम्भीर समस्याको संकेत हुन सक्छ।

सामान्यतया मानिसले दिनमा ४ देखि ७ पटक पिसाब गर्छ र समग्रमा २ देखि ३ लिटर मात्र पिसाब शरीरबाट बाहिर जान्छ । तर यदि कसैलाई दिनमा ६ पटकभन्दा बढी पिसाब आउन थाल्छ र हरेक पटक सामान्यभन्दा बढी पिसाब निस्कन्छ भने उसलाई बारम्बार पिसाब लाग्ने समस्या भएको भन्न सकिन्छ ।

बारम्बार पिसाब फेर्नु एउटा यस्तो समस्या हो जसमा हामीले ध्यान दिएनौं तर यसले हाम्रो दैनिक जीवनमा बाधा पु¥याउने क्षमता राख्छ ।

यदि तपाई छिटो छिटो पिसाब लाग्नुका साथै निम्न लक्षणहरूबाट पीडित हुनुहुन्छ भने अवश्य चिकित्सकको मद्दत लिनुहोस् ।

यो प्रश्नलाई लिएर हामिले वरिष्ठ मृगौला रोग विशेषज्ञ डा. अर्चन शम्शेर राणासंग गरेकाे कुराकानीकाे भिडियाे हेर्नुहाेस ।