images
images

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ- प्रधानमन्त्री दाहाल

  • २३ बैशाख २०८१, आईतवार १८:३३
images

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील रहेको बताएका छन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले नागरिकको मौलिक हक कार्यान्वयनमा विशेष ध्यान दिएको स्पष्ट पारे ।

प्रधानमन्त्रीले सरकारले स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै निकै ठूलो मेहनेत र सङ्घर्षबाट प्राप्त भएको नागरिकको मौलिक हक कार्यान्वयन गर्नु राज्यको दायित्व भएको बताए ।

गरिब, विपन्न र असहाय नागरिकलाई स्वास्थ्य सेवा प्रवाहका लागि सरकारी अस्पतालका दुईहजार ८ सय शय्या निःशुल्क उपलब्ध गराइएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले पाठेघरको क्यान्सर र स्तन क्यान्सर विरूद्धको खोप निःशुल्क रूपमा उपलब्ध हुने व्यवस्था मिलाइएको जानकारी दिए ।