बालबालिका र बृद्ध दुवैको रोग प्रतिरोधी क्षमता कमजोर हुन्छ । खानपानमा अलिकति लापरवाही भएमा बिरामी पर्न सकिन्छ । वर्षाको समयमा धेरै प्रकारको संक्रमणको जोखिम बढ्छ। यो मौसममा खराब पानी, लामखुट्टे र हावाका कारण रोग निम्त्याउन सक्छ । अर्थात् हावाबाट हुने, लामखुट्टेबाट हुने र पानीबाट सर्ने रोगहरु लाग्ने गर्दछ । यसबाट डेंगु, मलेरिया जस्ता लामखुट्टेबाट सर्ने रोगहरु बढ्छन् । दूषित पानी र खानाका कारण झाडापखाला, जन्डिस र टाइफाइडको जोखिम हुन्छ । साथै दम र रुघाखोकी जस्ता श्वासप्रश्वाससम्बन्धी रोगले पनि हामीलाई सताउँछ । त्यसैले यी रोगहरूबाट बच्न सबैभन्दा महत्त्वपूर्ण छ।
मनसुनमा लाग्ने सबै रोगको पछाडि यी ३ कारण हुन्छन्
लामखुट्टेबाट सर्ने रोग- मनसुनमा लामखुट्टेको चाप बढ्छ। विभिन्न ठाउँमा फोहोर र पानी जम्मा भएका कारण लामखुट्टेले डेंगु, मलेरिया, चिकनगुनिया जस्ता रोग फैलाउने गरेको छ । लामखुट्टेको टोकाइले जिका भाइरस, जापानीज इन्सेफलाइटिस, पहेंलो ज्वरो र वेस्ट नाइल भाइरस जस्ता खतरनाक रोगहरू फैलाउँछ। त्यसैले, वर्षामा लामखुट्टेबाट विशेष सुरक्षा लिनुहोस्।
खराब पानीका कारण लाग्ने रोगहरू- वर्षाको समयमा दूषित पानी पिउने र खराब खाना खाँदा पनि धेरै खतरनाक रोग लाग्न सक्छ। जसमा पखाला सबैभन्दा सामान्य रोग हो । वर्षाको समयमा फोहोर पानीका कारण ज्वरो, हैजा, भाइरल हेपाटाइटिस, झाडापखाला जस्ता रोग लाग्ने गरेको छ । यी रोगहरूले भारतमा प्रत्येक वर्ष हजारौंको मृत्यु हुन्छ। यसका लागि सफा र उमालेको पानी पिउनु र घरमा पकाएको ताजा खानेकुरा खानु जरुरी छ ।
प्रदूषित हावाबाट लाग्ने रोगहरु : मनसुनमा अचानक तापक्रम बढ्छ वा घट्छ । मौसममा अत्यधिक आर्द्रताका कारण श्वासप्रश्वास प्रणालीमा समेत असर परेको छ । यो मौसममा श्वासप्रश्वासका बिरामीले समस्या भोग्न सक्छन् । दमका बिरामी र एलर्जीबाट पीडित व्यक्तिहरूलाई कठिनाइ बढ्न सक्छ। रुघाखोकीको समस्या बढी हुन सक्छ । रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन भिटामिन सी युक्त खानेकुरा र ताजा खानेकुरा आफ्नो आहारमा समावेश गर्नुहोस्।