
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव र बन तथा बातावरणमन्त्री नवलकिशोर साह सुडीले राजीनामा दिएका छन् ।
शुक्रबार पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि यादव र सुडीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बालुवाटार पुगेर राजीनामा पत्र बुझाएका हुन् ।
सो पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता अशोककुमार राईले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको जानकारी गराएका थिए ।