images
images

श्रीदेवीको मृत्युको कारण उनको खानपान

  • १८ आश्विन २०८०, बिहीबार ०९:०४
images

हालैको एक अन्तर्वार्तामा बलिउड फिल्ममेकर बोनी कपुरले आफ्नी दिवंगत श्रीमती श्रीदेवीको डाइटको बारेमा केही चकित पार्ने खुलासा गरेका छन् ।

उनले भने, ‘श्रीलाई उनकाे शरिर विग्रने डर सधै लाग्थ्यो । यसका लागि उनले नुन खान त्यागेकी थिइन । डाक्टरले बारम्बार उनलाई कम रक्तचापको समस्या रहेको बताउँदै आएका थिए । डाक्टरले उनलाई नुन नखाने जस्ता काम नगर्न भनेका थिए ।

नुन नखाँदा स्वास्थ्यमा हुने क्षतिले श्रीदेवीको ज्यान लियो, तर भर्खरैको ICMR (Indian Council of Medical Research) को रिपोर्टले औसत मानिसहरूले विश्व स्वास्थ्य संगठन (WHO) ले सिफारिस गरेको भन्दा बढी मात्रामा नुन सेवन गर्छन भनिएको छ। बढी मात्रामा नुन सेवन गर्नु पनि राम्राे नरहेकाे पनि उल्लेख गरेकाे छ।

तर के हामी यो नुन जिम्मेवारीपूर्वक प्रयोग गरिरहेका छौं ? सुन्दर देखिने र शरिर आकर्षक देखिने भ्रममा कोही नुन त्यागेर शरीरलाई रोगी बनाइरहेका छन् भने कोही यति धेरै नुन खाइरहेका छन् कि शरीर रोगको घर बन्न थालेको छ ।

यो प्रतिवेदन मेडिकल जर्नल ‘नेचर’ मा प्रकाशित भएको छ । प्रतिवेदनका अनुसार औसत मानिसले दैनिक ८ ग्राम नुन उपभोग गर्छन् भने डब्लुएचओले दिनमा ५ ग्राम मात्रै नुन खान सुझाव दिएको छ ।

प्रतिवेदनमा भनिएको छ कि हरेक ३ जनामध्ये २ जनालाई थाहा छैन कि धेरै नुन खाँदा मृगौला, रक्तचाप र मुटुसँग सम्बन्धित धेरै समस्या हुन सक्छ।