
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बझाङ भूकम्प पीडितलाई राहत दिन निर्देशन दिइसकेको बताएका छन् ।
विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषद्को बैठकमा प्रधानमन्त्री दाहालले प्रभावित जनतालाई तत्काल राहत दिन र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि आर्थिक तथा अन्य सहयोगको लागि तत्काल प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको बताए ।
“प्रभावित जनतालाई तत्काल राहत दिन र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि आर्थिक तथा अन्य सहयोगको लागि तत्काल प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ। प्राकृतिक विपदले सिर्जना गरेको संकटसँग जुध्न तीनै तहका सरकार, नागरिक समाज, राजनीतिक दल तथा जनसमुदायको एकीकृत र समन्वयात्मक पहलकदमी जरुरी छ। सरकारका तर्फबाट राहत, उद्दार, उपचार , पुनर्स्थापना तथा पुनर्निर्माणमा कुनै कमी हुन दिइने छैन।” प्रधानमन्त्रीको भनाइ छ ।
उनले सरकारका तर्फबाट राहत, उद्दार, उपचार, पुनर्स्थापना तथा पुनर्निर्माणमा कुनै कमी हुन नदिइने बताए ।