images
images

कान पाक्ने समस्या के हो ? यसको कारण,लक्षण र उपचार- डा. मानन्धर

  • १८ आश्विन २०८०, बिहीबार १०:२७
images

कानकाे समस्या सानाठूला, महिला-पुरुष जुनसुकै व्यक्तिलाई पनि हुनसक्छ ।

कानको बनावट अनुसार कानलाई तीन भागमा बाडिएको छ। बाहिरी कान, मध्य कान र भित्री कान। कान पाक्ने रोग चाहिँ मुख्य गरेर मध्य कानको समस्या हो। मध्य कानमा कुनै पनि कारणले गर्दा रोग लागेर त्यहाँ पीप जम्मा हुन गई, जमेको पीपले कानको जालीलाई प्वाल पारेर त्यस प्वालबाट पीप बाहिर निस्कने समस्यालाई नै ‘कान पाक्नु’ भनिन्छ।

विकसित देशमा यस्तो समस्या त्यत्ति देखिँदैन तर विकासशील मुलुक जहाँ स्वास्थ शिक्षाको कमी, कमजोर आर्थिक अवस्था र उचित पोषणयुक्त खानपान र सरसफाई छैन त्यस्तो ठाउँमा यो प्रायः जसो दोहरिरहने समस्या हो। महिला वा पुरुष दुवैलाई बराबरै लाग्ने यो रोग जुनसुकै उमेर समूहका मानिसलाई पनि लाग्न सक्छ। अझ ग्रामीण समुदायमा त यो रोग श्रवण शक्ति कम गराउने मुख्य कारणको रूपमै उभिएको छ।

कानको जाली फुटेमा व्याक्टेरिया सजिलैसँग गएर सङ्क्रमण गराउनु, टन्सिलको समस्या पिनास बिगि्रएमा आदि कारणले कानमा समस्या देखिन सक्छ । यस सम्वन्धी ब्लुक्रस अस्पतालमा कार्यरत  नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. श्रृति मानन्धर संगकाे कुराकानिमा आधारित भिडियाे हेर्नुहाेस ।

(नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. श्रृति मानन्धर ब्लुक्रस अस्पतालमा कार्यरत हुनुहुन्छ)