काठमाडौं । नेपाल नर्सिङ परिषद्ले परिषद्को नाम दर्ता प्रमाणपत्र (नर्सिङ लाइसेन्स) परीक्षा आगामी ९ मंसिरमा सञ्चालन गर्ने भएको छ ।
परिषद्को अनुसार परीक्षार्थीले नर्सिङ लाइसेन्स परीक्षाको लागि नियमित दस्तुरमा २१ असोजदेखि २० कात्तिकसम्म फारम भर्नुपर्ने छ ।
दोब्बर दस्तुरमा २१ कात्तिकदेखि २३ कात्तिकसम्म फारम भर्न पाइने छ ।
परिषद्ले परीक्षार्थी आफैंले अनलाइन फारम भर्नुपर्ने र परीक्षा फारम भर्दा परीक्षार्थीको आफ्नै इमेल र मोबाइल नम्बर प्रयोग गर्नुपर्ने जनाएको छ ।
परिषद्को सूचना अनुसार १५ असोज २०७७ देखि नेपाल बाहिर अध्ययन गर्ने परीक्षार्थीले चिकित्सा शिक्षा आयोगको इलिजिबिलिटी लेटर अनिवार्य रुपमा अपलोड गर्नुपर्नेछ ।