मुख शरिरको एक महत्त्वपूर्ण भाग हो, जसले व्यापक स्वास्थ्य प्रणालीलाई प्रतिकूल असर गर्छ।
खाना खादा मुख हुँदै दाँतले चपाएपछि शरीरभित्र पस्छ । तर, त्यही मुखको बनावटमा सबैभन्दा महत्वपूर्ण भूमिका खेल्ने दाँत तथा मुखको स्वास्थ्य बारे खासै हामी ख्याल नै गर्दैनौं ।
दाँत शरीरको यस्तो हिस्सा हो, जो स्वास्थ्य र सौन्दर्यसँग अभिन्नरुपले जोडिएको हुन्छ ।
यदि समयमै दाँतको स्याहार गरिएन भने विभिन्न समस्या देखिन सक्छ । दाँतको दुखाइ, गिजामा दुखाइ, उमेरभन्दा पहिल्यै दाँत झर्नु, दाँत पहेँलो हुनु, मुख दुर्गन्धित हुनेलगायत समस्या देखिन्छन् ।
दाँत दुखाइ एक सामान्य समस्या हो तर कहिलेकाहीँ यसको दुखाइ असहनीय हुन्छ। धेरै पटक दाँत दुख्दा अनुहार सुन्निने र टाउको दुख्ने समस्या पनि हुन्छ । सामान्यतया धेरै तातो वा चिसो खानेकुरा खानु, दाँतको सरसफाई राम्रोसँग नगर्नु, क्याल्सियमको कमी हुनु, ब्याक्टेरियाको संक्रमण हुनु वा दाँतको जरा कमजोर हुनुले दाँत दुख्ने गर्छ । बुद्धि दाँत फुट्दा पनि दाँतमा कडा पीडा हुन्छ ।
दाँत तथा मुख स्वस्थ राख्न अपनाउनुपर्ने महत्वपुर्ण कुराहरु के के हुन त ? हामीले यस बिषयमा दन्त चिकित्सक डा. बुद्धिमान श्रेष्ठसंग कुराकानि गरेका छाैं ।
भिडियाे हेर्नुहाेस