काठमाडौँ । बर्खा याममा फोहोरका कारण सिर्जना हुन सक्ने जोखिम घटाउन काठमाडौँ महानगरपालिकाले ‘विशेष सरसफाइ’ बाट पूर्व तयारी थालेको छ ।
प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारका अनुसार आज वडा नं. २६ को ठमेल क्षेत्रमा गरिएको विशेष सरसफाइ गरिएकाे छ । सफाइका क्रममा धुलो टिप्न र पानी छर्कन व्रुमरको प्रयोग र सडक पखाल्न जेट मेसिनको प्रयोग गरिएको थियो ।
वडा कार्यालय, वातावरण व्यवस्थापन विभाग, महानगर प्रहरी बल, नेपाल प्रहरी, टोल विकास संस्था, क्लव तथा संघसंस्था र स्थानीय सहभागिता सञ्चालन हुने सरसफाइबाट डुबान घटाउन, डेङ्गेलगायत संक्रमण घटाउन मद्दत हुनेछ ।
वडा २६ का अध्यक्ष एवं सुशासन समितिका संयोजक ख्यामराज तिवारीले नियमितसँगै विशेष सरसफाइका कार्यक्रम चलाएर वडा क्षेत्रलाई सुन्दर बनाउन काम गरिने बताउनुभयो ।
ठमेल पर्यटन विकास परिषदका अध्यक्ष भवी शर्माका अनुसार सञ्चय कोषबाट सुरु भएको सरसफाइ र सचेतनामूलक कार्यक्रम ज्याठा, क्वाबहाल, क्षेत्रपाटी, चाक्सीबारी, पर्यटन मार्ग, सातघुम्ती, भगवती मार्ग हुँदै सुरु भएकै विन्दूमा आएर समापन भएको हो ।