images
images

पक्राउ परेका व्यक्ति अस्पताल भर्ना गर्न चिकित्सकको सिफारिस चाहिने

  • २४ बैशाख २०८१, सोमबार १४:५३
images

पक्राउ परेका व्यक्तिले अब चिकित्सकले स्वास्थ्य सिफारिस गरेपछिमात्र अस्पताल भर्ना हुन पाउने भएका छन्।

गृह मन्त्रालयले चिकित्सकको सिफारिसमा मात्र भर्ना गर्न निर्देशन दिएको हो।

मन्त्रालयको निर्देशनमा भनिएको छ, ‘अस्पताल लग्नुपर्ने विकल्पको रुपमा हिरासतमा नै सरकारी अस्पताल अथवा नेपाल मेडिकल काउन्सिल दर्ता चिकित्सकले परीक्षण गरेर अस्पताल राख्नु पर्ने÷नपर्ने सम्बन्धमा निर्णय गर्नेछ।’

मन्त्रालयले चिकित्सकको सिफारिसमा भर्ना भएपनि अस्पतालमा अब्जरभेसनका लागि ४८ घण्टाभन्दा बढी राख्नु परे उपयुक्त कारण खुलाउनु पर्ने बताएको छ ।

निर्देशनअनुसार शारीरिक एवं मानसिक रुपमा अस्वस्थ भएको अवस्था, दीर्घरोगीहरु जस्तैः उच्च रक्तचाप, मधुमेहलगायत नियन्त्रण नभएर अस्पतालमै बसेर उपचार गर्नुपर्ने अवस्थामा मात्र अस्पताल लैजानुपर्नेछ ।